बिर्तामोडको आगामी बजेट नीति तथा कार्यक्रममाथि सुझाव संकलन गर्न सम्पादकसंग छलफल
बिर्तामोड । बिर्तामोड नगरपालिकाले बिर्तामोडका सम्पादकसग छलफल शुरु गरेको छ ।
आगामी वर्षको बजेट नीति तथा कार्यक्रम तयारी गरिरहेको नगरपालिकाले कार्यक्रमका सन्दर्भमा सम्पादकसग सुझाव संकलन गर्न छलफल आयोजना गरेको हो ।
बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटी,उपप्रमुख पबित्रा महतरा, प्रमुख प्रशासकीय अधिकृत पशुपती खतिवडा,प्रवक्ता अग्नि पाण्डे सम्पादकसगको छलफलमा बसेका छन् ।
बजेट नीति तथा कार्यक्रम बनाउदा सबै क्षेत्रको अपनत्व हुने गरि कार्यक्रम बनाउन छलफल शुरु गरेको उपप्रमुख पबित्रा महतराले बताउनु भएको छ ।
यसअघि बिर्तामोड नगरपालिकाले अस्पताल, निजी बिधालय र सहकारी क्षेत्रसग छलफल गरिसकेको छ । बिर्तामोडका ३० वटा संचारमाध्यमका सम्पादक तथा संचालकले छलफलमा सहभागिता जनाएका छन् ।
बिर्तामोडको बिकासमा मिडियाको भुमिका महत्वपूर्ण भएको भन्दै नगरप्रमुख शिवाकोटीले सकारात्मक भुमिकाको अपेक्षा गरेको बताउनु भएको छ ।