Banner news

झापामा अवैध १४ लाख भारुसहित एक पक्राउ

झापामा अवैध १४ लाख भारुसहित एक पक्राउ


काँकरभिट्टा। मेचीनगर–७, जोरसिमलमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा १४ लाख ९९ हजार ७ सय अवैध भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ।

झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज बिहान १० बजे उक्त रकम फेला परेको हो। उक्त भारतिय रुपैँयाको नेपाली मूल्य करिब २३ लाख ९९ हजार ५२० हुन्छ ।  बरामद नगदसहित निजलाई आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रस्तावित गुल्मले जनाएको छ

शेयर गर्नुहोस :

648
Shares