बैशाख २०, २०८२ शनिबार

एक विधालय एक संकाय नीतिबाट कचनकवल पछि हट्यो

बिर्तामोड । एक विधालय एक संकाय नीतिबाट कचनकवल गाउँपालिका पछि हटेको छ । आज बसेको कार्यपालिकाको बैठकले विधालयले सञ्चालन गर्दै आएका संकाय यथावत रुपमा सञ्चालन दिने निर्णय भएको छ । शिक्षा अधिकारी छवि बस्नेतले निर्णय भएको पुष्टि गरेका छन् ।

र, यो पनि पढ्नुहोस् : शिक्षामा कचनकवलको सिण्डिकेट : अध्यक्ष आलमले फोन नै उठाउँदैनन्


गाउँपालिकाले कक्षा १२ सम्म निशुल्क गर्ने निर्णय गरेपछि एक विधालय एक संकायको कार्यक्रम अघि बढाएको थियो । सो निर्णय विधालयका प्रधानाध्यापकसँग बसेर गरेपनि विधार्थीले अस्वीकार गरेका थिए । एक विधालय एक संकाय नीति विधार्थीको हित विपरित भएको बताउँदै अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा विधार्थी चरण्नबद्ध आन्दोलनमा थिए । उनीहरुले एक संकाय नीतिबाट पछि नहटेसम्म आन्दोलन जारी रहने बताएका थिए ।

पहिलो चरणमा साउन २१ गते विधार्थीले ३ दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए । अल्टिमेटम पुरा नगरेपछि आज दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्दै कक्षा ११ र १२ अध्ययन हुने गाउँपालिकाभित्र रहेका विधालयको लेखा शाखामा तालावन्दी गरिएको छ । संयुक्त विधार्थी सो निर्णयबाट पछि हट्न गाउँपालिकालाई दवाव दिएको थियो ।

र, यो पनि पढ्नुहोस् : कचनकवलमा विधार्थी आन्दोलन : नारायणहिटीको जस्तो पनि हुन सक्छ – विधार्थी नेता लामा

कक्षा १२ सम्म पठनपाठन हुने पथरिया मावि, लक्ष्मी मावि र लक्ष्मी प्रसाद देवकोटा माविलाई गाउँपालिकाले एक÷एक संकाय मात्र पठनपाठन गर्न निर्देशन गरेको थियो । विधार्थीले दोस्रो चरणको आन्दोलन सार्वजनिक गरेपछि गाउँपालिकाले कार्यपालिका बैठकबाट विधार्थीको पक्षमा निर्णय गरेको छ ।

यो निर्णय बारे फोन सम्पर्कमा गाउँपालिका अध्यक्षबाट जानकारी आएको छ, संयुक्त विधार्थी आन्दोलनको नेतृत्व गरिरहेका अनेरास्ववियू झापाका सचिव रोशन लामालेले भने – हामीलाई लिखित रुपमा जानकारी आउनुपर्छ वा गाउँपालिकाले आधिकारिक धारणा सार्वजनिक गर्नपर्छ । आधिकारिक धारणा सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने लामाको भनाई छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]