बैशाख १४, २०८१ शुक्रबार

शिक्षामा कचनकवलको सिण्डिकेट : अध्यक्ष आलमले फोन नै उठाउँदैनन्

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकाले शिक्षा क्षेत्रमा सिण्डिकेट लाद्न खोजेको आरोप लागेको छ । कक्षा १२ सम्म निशुल्क शिक्षा दिने घोषणा गरेको गाउँपालिकाले कक्षा ११÷१२ मा स्थानीय तिन विधालयलाई निश्चित संकाय मात्र पठनपान गर्नु भनेपछि विधार्थी संगठन सहित शिक्षा सरोकारवाला आन्दोलित बनेका छन् ।


आफुले चाहेको जुनसुकै संकाय अध्ययन गर्न पाउने विधार्थीको नैसर्गिक अधिकारमाथि गाउँपालिकाले अवरोध खडा गरेको विधार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् । गाउँपालिकाभित्र रहेको लक्ष्मी मावि, लक्ष्मी प्रसाद देवकोटा मावि र पथरिया माविलाई एक/एक वटा संकाय मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।

लक्ष्मी माविलाई व्यवस्थापन संकाय (नेपाली भाषा), लक्ष्मी प्रसाद देवकोटा माविलाई व्यवस्थापन संकाय (अंग्रेजी माध्यम) र पथरिया माविलाई शिक्षा संकाय मात्र सञ्चालन गर्न गाउँपालिकाले बाध्यकारी निर्णय गरेको छ । तिनै विधालयले शिक्षा, व्यवस्थापन सहित तिन वटा संकाय पठनपाठन गर्दैै आएका थिए ।


मंगलवार स्थानीय तहमा रहेका मावि तहका विधार्थी सहित विधार्थी संगठनले गाउँपालिकालाई निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले तिन दिनको अल्टिमेटम दिदैं उपाध्यक्षलाई ज्ञापन पत्र बुझाएका हुन् । विधार्थीले सबै विधालयमा शिक्षा र व्यवस्थापन संकायमा अध्ययन गर्न पाउनुपर्ने माग गरेको अनेरास्ववियू झापाका सचिव रोशन लामाले जानकारी दिए । उनीहरुले तिनभित्र मागको सुनुवाई नगरेमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


नेपाल शिक्षक महासंघ कचनकवलका सचिव नविन ढुङगानाले गाउँपालिकाले विधार्थीको नैसर्गिक अधिकार कुण्ठित गरेको बताएका छन् । निशुल्क शिक्षा दिने निर्णय स्वागत योग्य रहेपनि गाउँपालिकाले विधालयमा संकाय तोकेर गलत निर्णय गरेको ढुङ्गानाको भनाई छ । उनले भने – यो निर्णयले विधार्थीको अध्ययनलाई प्रभावित बनाउने छ , सँगै कार्यरत जनशक्तिको पनि बेहाल हुनेछ ।


सोहि विषयमा बुझ्न गाउँपालिकाका अध्यक्ष अञ्जर आलमसँग सम्पर्क गर्दा उनले पछि कुरा गर्छु भन्दै फोन काटे । उनले सम्पर्क नगरेपछि पुन : ३ पटकसम्म सम्पर्क गर्दा समेत फोन उठाएनन् । सो विषयबाट आलम पन्छिन खोजेको बुझिएको छ ।

प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]