ठेकेदारको लापरबाही : सम्पादकीय
नयाँ संरचना निर्माणको क्षेत्रमा जोखिम स्वभाविक रुपमा हुन्छ । त्यसको जोखिम कम गर्न निर्माण पक्षले विशेष चासो देखाउनुपर्छ । चासो नदेखाएमा त्यसबाट मानवीय क्षति समेत हुन्छ । झापाको बिर्तामोडमा अहिले भद्रपुर सडक खण्ड निर्माणको काम चलिरहेको छ । एक वर्षदेखि निरन्तर रुपमा निर्माण भइरहेको सडक जताततै खनिएका छन् । सडकको दुवै भागमा खाल्डोहरु खनिएको छ । सडक निर्माण क्षेत्रमा नाली बनाइएको छ । नाली र खाल्डो अत्यन्तै धेरै जोखिम क्षेत्र हुन् । यसकै कारण सर्वसाधरण चिन्तित समेत छन् । संरचना क्षेत्र नागरिकको लागि असुरक्षा छ ।
यहि शुक्रवार बिर्तामोड–भद्रपुर सडक खण्डस्थित मेची आँखा अस्पताल नजिकै एक जना बृद्धाको शव फेला प¥यो । ६७ वर्षीया वृद्धाले नालीमा ज्यान गुमाएकी छन् । यसको मुख्य कारण भनेकै असुरक्षित संरचना हो । सडक निर्माणको क्रममा व्यापक खाल्डाखुल्डी पारिएका छन् । वर्खाको समय भएकाले जताततै पानी जमेको छ । यसैमा बृद्धाले पनि ज्यान गुमाउनु प¥यो । यदि नालीमा सुरक्षा व्यवस्था मिलाइएको थियो भने उनको अकाल मै ज्यान गुमाउनु पर्ने थिए । निर्माणको क्रममा खनिएका खाल्डोहरु आवश्यकताका आधारमा पुरपार गनुपथ्र्यो । खाल्डो नै एम्बुस जस्तै गरी राखिएका छन् । यसको सुरक्षा व्यवस्था मिलाउनै पर्छ ।
आशिष–प्रेरा जेभीले सडक निर्माणको ठेक्का पाएको छ । यहि असोज २३ गतेसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि कामको गति सुस्त छ । निर्माण पक्षले जोखिम क्षेत्रमा बार्ने काम गर्ने सहमति जनाएको छ । सूचना राखेर सचेत गराइने कम्पनीको योजना सुनाइएको छ । अब, कामलाई द्रुत गतिमा अघि नबढाउने हो भने यस्ता घटनामा बढ्न सक्छन् । निर्माण पक्षले सुरुवात मै गर्नुपर्ने काम अहिले मात्र चासो देखाएको छ । स्थानीय सरकार र यहाँका नागरिकको सहयोगमा निर्माण समयमै सक्नुपर्ने हो । तर, निर्माण पक्षले गरेको चरम लापरवाहीले मानवीय ज्यान खतरामा छ भने अर्कातिर निर्माणको काम समेत अस्तव्यस्त छ । यसको समाधानमा स्थानीयबासीको ध्यान पुगोस् ।
र, याे पनि : निर्माणाधीन बिर्तामोड–भद्रपुर सडकखण्डको नालीमा डुबेर एक महिलाको मृत्यु
र, याे पनि : नालीमा डुवेर मृत्यू हुनेको परिवारलाई निर्माण कम्पनीले ५ लाख क्षतिपूर्ति दिने