Banner news

बाह्रदशीमा सिँचाइ योजनाको उद्घाटन, किसानको मुहारमा खुसी

बाह्रदशीमा सिँचाइ योजनाको उद्घाटन, किसानको मुहारमा खुसी


बाह्रदशी । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यताले आजित झापा, बाह्रदशी -५ का किसानको मुहारमा खुसीको लहर छाएको छ । करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न ‘सूर्योदय डिप ट्युबवेल सिँचाइ योजना’को समुद्घाटन भएसँगै यस क्षेत्रका ६० बिघा जमिनमा बाह्रैमास सिँचाइ सुविधा सुनिश्चित भएको छ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले एक समारोहबीच उक्त योजनाको उद्घाटन गर्नु भयो । उद्घाटनपछि बोल्दै मन्त्री कार्कीले प्रदेश सरकार कृषि उत्पादकत्व बढाउन र किसानको जीवनस्तर उकास्न प्रतिबद्ध रहेको बताउनु भयो ।

सूर्योदय जल उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार, यो योजना किसानहरूको वर्षौंदेखिको सपना थियो । ‘पानी नभएर कहिले रोपाइँ ढिला हुन्थ्यो, कहिले लगाएको बाली सुकेर जान्थ्यो’, उहाँले भन्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य माननीय छवि चुडाल, समाजसेवी बेदराज रेग्मी लगायतले बोल्दै योजनाको सफलताको शुभकामना दिनु भएको थियो ।

यसअघि मन्त्री कार्कीले बाह्रदशी-४ स्थित घाग्रा खोलाको तटबन्ध क्षेत्रको निरीक्षण गरी स्थानीयका समस्याबारे जानकारी लिनु भएको थियो ।

शेयर गर्नुहोस :

621
Shares