जेष्ठ १, २०८२ बुधबार

बिर्तामोडमा आत्महत्या दुरुत्साहन गरेको आरोपमा मुद्दा दर्ता

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । बिर्तामोड –५ का ५१ वर्षीय टेक बहादुर आङ्देम्बे विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । भदौ ४ गते मुद्धा दर्ता गरिएको थापाले बताएका छन् ।


उनी विरुद्ध जेठी सासुले आत्महत्या दुरुत्साहन गरेको आरोपमा इप्रका अनारमनीमा उजुरी दिएकी थिइन् । आङ्देम्बेले श्रीमति नैनकला लिम्बूलाईआत्महत्या गर्न बाध्य पारेको आधारमा उजुरी परेको थियो । परस्त्रीसँग प्रेम सम्बन्धमा परेर आङदेम्बेले श्रीमतिलाई चरम यातना दिदैं आएको अनुसन्धानबाट खुलेको छ । उनले परस्त्रीसँगको सम्बन्धका कारण श्रीमतिसँग झैझगडा गर्दै कुटपिट गर्ने गरेको डिएसपी थापाले जानकारी दिए । चरम यातनाका कारण नैनकला डिप्रेशनमा परेको समेत उजुरीमा उल्लेख भएको छ । यातना कै कारण आत्महत्या गरेको भन्दै उनी विरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार  ५ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]