प्रधानमन्त्री ओली आज सिंगापुरबाट स्वदेश फर्किँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट आज स्वदेश फर्किँदै हुनुहुन्छ । शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गरिएको थियो । बिहिबार सातौंपटक प्लाज्मा फेरेसिसस भएपछि रिपोर्टपनि बिहिबार नै आएको थियो ।
उहाँको स्वास्थ्यको रिपोर्ट सामान्य रहेको र चिकित्सकले चलाएको औषधी उहाँको शरीरले राम्रो रेष्पोन्स गरेको उहाँका निजि चिकित्सकले जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जानकारी दिनुभयो ।
स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुको सुझाब पछि प्रधानमन्त्री ओली आज दिउसो १२:०० बजे थाइ एयरको उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको प्रेस सल्लाहकार अर्यालले बताउनुभयो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न भन्दै नेकपाका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतम पनि सिंगापुर जानुभएको छ । दुबै नेता प्रधानमन्त्रीसँगै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।