झापा, असार १२ । सडक दुर्घटना गर्ने मुख्य उद्देश्यले शुरु भएको ट्राफिक सप्ताह समापन भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाइमा भएको ट्राफिक सप्ताह झापामा पनि विभिन्न कार्यक्रम आयोजना गर्दै समापन गरिएको हो ।
गत असार ६ गते ट्राफिक सप्ताह उद्घाटन समारोह बिर्तामोड नगरपालिका – ५ स्थित मुक्तिचौकमा प्रभातफेरी सहित ¥यालीको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन् । उद्घाटन सत्रका दिन सचेताना शिक्षा सहित सवारीमा स्टिकर टाँस गरिएको थियो । सोही दिन झापाका १५ ठाउँमा चेकपोष्ट बनाई सवारी चालकहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
त्यस्तै सवारीको अगाडि राखिएका झलर तथा अशोभनिय तस्बीर समेत हटाउने कार्य ट्राफिक प्रहरीले सप्ताहको दोस्रो दिन गरेको छ । ट्राफिक सप्ताहको दोस्रो दिन मात्रै एक हजार ४० जना लाभान्वित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी स्थानीय संघ सस्थाका पदाधिकारी, विद्यार्थी लगायतको सहभागीतामा कार्यक्रम समापन गरिएको हो ।







प्रतिक्रिया