बैशाख २३, २०८२ मंगलबार

सहकारीमाथिको आक्रमण बन्द गर्न माग

बिर्तामोड । झापा जिल्ला सहकारी संघले सहारा नेपालको नवनिर्मित भवनमा आइतबार भएको बम बिस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानकर्षण भएको जनाएको हो ।

संघले दशवर्षे जनयुद्धमा समेत सहकारी क्षेत्रमा कुनै हमला नभएको भन्दै यस प्रकारका घटना नहो¥याउन आग्रह गरको छ । विज्ञप्तिमा भनिएको छ, – सहारा नेपाल अत्यन्त न्यून आय भएका सदस्यहरु बीच महिला सशक्तिकरण, स्वारोजगारीको सिर्जना, उधमशिलताको विकाश गरी विगत २ दशकदेखि कार्य गर्दै आइरहेको संस्था सदस्यमाझ राहत, सहयोगका विभिन्न कार्यक्रम गर्ने नेपालकै ठुलो संस्था पनि हो ।

सो संस्थाले गर्ने कुनै कार्यक्रममा सुधार गर्नु पर्ने भएमा सो बारे कुनै जानकारी र छलफल समेत नगरी एकाएक वम बिष्फोट गराउने कार्य निन्दनीय छ ।
स–सानो पूँजी संकलन तथा परिचालन गर्दै पूँजी निमार्ण गरी उत्पादनको क्षेत्रलाई जोड्ने एक मात्र अभियान भएकाले सहकारीमा क्षति पु¥याउनु गलत कार्य भनिएको छ । सो घटनाले अभियानमा क्षति पुगेको अध्यक्ष गणेश ढकालले बताएका छन् ।

अग्रणी संस्था माथिको हमला नेपालका ६५ लाख सदस्य माथिकै हमलाका रुपमा सहकारी अभियानले लिएको बताउँदै संघले यस्ता घटना नगराउन र नगर्न सचेत गराउँदै सहकारी माथिको आक्रमण तत्काल बन्द गर्न जोडदार माग गरिएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार  ३ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]