बजाजको महामेला : पहिलो दिनमै ५१ जनाले चढे नयाँ बाइक
बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि बजाज कम्पनीको एक्सचेन्ज महामेलाको शुरु भएको छ । महामेलामा पहिलो दिन ५१ जनाले नयाँ मोटरसाइकल खरिद गरेको मेची पावर मोवाइल ट्रेडका सञ्चालक मनोज बंशलले जानकारी दिए । महामेलामा पहिलो दिन ४ सयभन्दा बढिले अवलोकन गरेका छन् ।

भदौं ३० गतेसम्म सञ्चालन हुने महामेलामा बजाज कम्पनीका मोटरसाइकल खरिदकर्ताले विशेष छुटको अवसर पाउने भएका छन् । विषेश अफर सहित आयोजना गरिएको महामेलामा बजाजले नयाँ मोटरसाइकलको खरिदमा बाइक कभर, हेल्मेट, ल्यापटक ब्याग र लेग गार्ड निःशुल्क पाउने छन् । सोहि मेलामा जुनसुकै कम्पनीका मोटरसाइकल एक्सचेन्ज समेत गरिने बंशलको भनाई छ ।

एक्सचेन्जमा प्रचलित बजार मुल्यभन्दा १५ हजार थप मुल्य उपलब्ध गराइनेछ । र, नयाँ बाइक खरिदमा प्रक्रिया बमोजिम फाइनान्सको सुविधा समेत दिइने छ ।
पुराना मोटरसाइल उपलब्ध गराएमा न्यूनतम ३० हजार दिने बजाजका सद्धाम हुसेनले जानकारी दिए । बिर्तामोडस्थित खड्गा कम्प्लेक्स नजिकै आयोजना भइरहेको महामेलामा अफरको सुविधा लिन आम मोटरसाइकल प्रयोगकर्तालाई आव्हान गरिएको छ ।