नेकपा सचिवालय बैठक : उप–निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा उप–निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले दल दर्ताको जिम्मेवारी पार्टी महासचिव बिष्णु पौडेललाई दिएको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा पार्टी एकताका बाँकी कामबारे कुनै पनि छलफल भएन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गराएर फर्कनु भएपछिको यो पहिलो सचिवालय बैठक हो ।
ओली सिंगापुर जानुभएपछि अध्यक्ष प्रचण्डले एक पटक बैठक बोलाउनु भएको थियो । सो बैठकले अनुशासन कायम गराउने सवालमा महत्वपुर्ण निर्णय गरेको थियो ।
हिजोको बैठकमा केन्द्रीय आयोग, प्रवास कमिटी, केन्द्रीय बिभागका सदस्यहरुसहित एकताको बाँकी कामलाई पुर्णता दिने एजेण्डा रहेपनि अर्को बैठकका लागि सारिएको छ ।