बैशाख २०, २०८२ शनिबार

डेंगुबारे झापामा सचेतना खोई ?

देशभर डेंगुको संक्रमण बढिरहेको छ । कृषिमन्त्री समेत डेंगुबाट संक्रमित बनिसकेका छन् । डेंगुको संक्रमण देशको कुना–कुनामा फैलिरहेको छ । र, झापा पनि यसको जोखिममा छ । झापाका डेंगुकै संक्रमणबाट ज्यान गुमाउनु परेको घटना छ । छिमेकी जिल्ला मोरङ र सुनसरीमा उच्च जोखिम छ । सयौै नागरिक डेंगुको संक्रमणमा परेका छन् । त्यसको प्रभाव झापामा पक्कै देखिनेछ । तर, अहिलेसम्म त्यसको सुरक्षाका लागि सतर्कता अपनाउने काम भएको छैन । गत वर्ष सामान्य औषधि छिट्ने काम भएको थियो । तर, यो वर्ष कसैको ध्यान त्यता गएको छैन । जब संक्रमणले आक्रान्त हुन्छ, तब आत्तिने काम हुन्छ । बेलैमा सचेत हुने परम्परा कम छ ।

डेंगुबाट बेलैमा सुरक्षित हुन स्थानीय सरकारले सतर्कता अपनाउन जरुरी छ । यो समस्या जुनसुकै समय पनि आइपर्न सक्छ । यसैले झापाका स्थानीय तहले बेलैमा नागरिकको सुरक्षाका लागि आवश्यक पहलकदमी गर्न आवश्यक छ । नागरिक सचेतनाको लागि प्रचारप्रसार र औषधि छिट्ने काम गर्ने हो भने क्षति कम हुने निश्चित छ । डेंगु संक्रमित लामखुट्टेले टोकेपछि एक्कासी उच्च ज्वरो आउँछ । ज्वरो ५–७ दिनसम्म रहन्छ । बिरामीको आँखाको गेडी र आँखाको पछिल्लो भाग दुख्छ । असाध्यै टाउको दुख्छ र ढाड, जोर्नी र मांसपेशीहरु दुख्छन् । शरीरमा बिमिरा आउँछन् । बिरामीमा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, शरीरमा रगत जमेको जस्तो दाग देखिने, बेहोस हुनेजस्ता लक्षण देखिएका डेंगुको संक्रमण हुने छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेको संख्या वृद्धि हुन रोक्नुपर्छ । आफ्नै घरमा पानी जम्ने ठाउँ भएमा हटाउनुपर्छ । पानी जम्ने ठाउँहरु फ्रिजको पछाडिको पानी, कुलरको पानी, गमलाको पानी, फुलदानीको पानी नियमित रुपमा फाल्नुपर्छ र फेरिरहनुपर्छ । खाली बट्टा, खाली ड्रमहरु, गाडीका काम नलाग्ने, पानी जम्ने खालका टायरहरुमा पानी जम्न दिनुहुँदैन । पानीको ट्यांकीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी छोप्नुपर्छ । दिउँसोमा लामो बाहुला भएको र शरीर ढाकिने कपडा लगाउनुपर्छ । दिउसो वा रातीमा सुत्दा झुल लगाएर मात्रै सुत्नुपर्छ । झ्याल र ढोकामा लामखुट्टे छिर्न नसक्ने खालका जाली लगाउनुपर्छ । बालबालिका र वृद्धवृद्धालाई विशेष ख्याल गर्नुपर्छ, लामखुट्टे भगाउने मल्हम पनि लगाउन सकिन्छ । व्यक्ति, परिवार, समुदायले नै लामखुट्टे नियन्त्रणका लागि घरनजिकका खाल्डा, पानी जम्ने ठाउँहरु हटाउनुपर्छ, पुर्नुपर्छ । यस प्रकारको सचेतना गाउँगाउँसम्म पु¥याउन स्थानीय सरकार काम तत्काल काम थालुन् ।

प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार  ३ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]