असार १३, २०८२ शुक्रबार

बुहारीलाई ७ र ज्वाइँलाई १५ वर्षपछि नागरिकता

काठमाडौं । विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइने भएको छ । त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ ।

सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयको तयार पारेको प्रस्तावअनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने छैनन् । सुरुमा वैवाहिक नेपाली परिचयपत्र पाउनेछन् र बिहे गरेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता पाइनेछ ।

हाल नेपाली पुरुषसँग बिहे गर्ने महिलाले वैवाहिक अंगीकृत नागरिकता पाउनेछन् । सरकारले ल्याएको नागरिकतासम्बन्धी विधेयकमा पनि यही व्यवस्था छ तर नेपाली नागरिकता लिएको ६ महिनाभित्र अन्य देशको नागरिकता त्याग्नुपर्ने व्यवस्था थियो । तर छलफलमा सांसदहरुले महिला र पुरुषबीच विभेदकारी व्यवस्था भएको बताए । यसमा लामो समय बहस भयो ।

प्रस्ताव हुबहु पास भएर कानून बनेमा विदेशी ज्वाइँलाई पनि नेपाली नागरिकता दिने बाटो खुल्नेछ । हाल विदेशी ज्वाइँलाई नागरिकता दिने व्यवस्था छैन । १५ वर्षसम्म नेपालमा स्थायी बसोबास गरेकाहरुले बसोबासका आधारमा नागरिकता पाउन सक्छन् ।

 त्यसअनुसार नेपाली महिला नागरिकहसँग बिहे गरी १५ वर्षसम्म नेपालमा बसोबास गरे विदेशी ज्वाइँलाई नेपाली नागरिकता दिन सकिने प्रस्ताव आएको छ । जसमा नेपाली महिला नागरिकसँग बिहे गरी कम्तीमा १५ वर्षसम्म नेपालमा बसोबास गरेको विदेशी पुरुषलाई नागरिकता दिने उल्लेख छ ।

प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार  ४ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]