बैशाख २०, २०८२ शनिबार

धौलेचोकमा स्वास्थ्य चौकी उद्घाटन

दुधे । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर– ७ स्थित धौलेचौकमा आधारभुत स्वास्थ्य चौकीको बिहीबार उद्घाटन गरिएको छ ।

बिहीबार २ कोठे स्वास्थ्य चौकी भवनको नगर प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोज कुमारी नेपाल, वडा नम्बर ७ का अध्यक्ष नबिन इजमले संयुक्त रुपमा उद्घाटन गरेका छन् । स्वास्थ्य विभागबाट ४ लाख र शिवसताक्षी नगरपालिकाबाट ५ लाख गरी ९ लाखको लागतमा स्वास्थ्य चौकीको २ ओटा कोठाको निर्माण कार्य सम्पन्न भएको हो ।

भवन निर्माणको लागि स्थानीय कुमार खालिङ्ग, रिता खालिङ्ग र डम्बर खालिङ्ग ले १ कठ्ठा जमिन प्रदान गरेका थिए । भवनको सम्पुर्ण निर्माण कार्य भने सम्पन्न नभएको र यसै आर्थिक बर्षमा निर्माण कार्य सम्पन्न गर्ने नगर प्रमुख शेर्माले बताए । स्वास्थ्य चौकी निर्माण भएपछि वर्षौ देखी सामान्य उपचार गर्न पनि टाढा जानुपर्ने स्थानीयको बाध्यता हटेको छ । उक्त स्वास्थ्य चौकीमा १ जना हेल्थ असिस्टेन्ट, १ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी गरी ३ जना कर्मचारीहरुले ओपीडी, गर्भवती जाँच, परिवार नियोजन तथा साधारण चेक जाँचको सुविधा प्रदान गर्ने छन् ।

प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार  ४ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]