बैशाख २३, २०८२ मंगलबार

बजार प्रतिनिधि संघ प्रदेश १ को अध्यक्षमा दाहाल

बिर्तामोड । नेपाल बजार विक्री प्रतिनिधि संघ प्रदेश नं. १ को अध्यक्षमा राजु दाहाल निर्वाचित भएका छन् । शनिवार इटहरीमा सम्पन्न भएको प्रथम अबिधेशनबाट उपाध्यक्षमा इश्वर खड्का र तीर्थ पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै संघको सचिवमा जिवन निरौला, सहसचिवहरुमा पार्वतीराव पोखरेल (संगठन), प्रकास भट्टराई (अतिरिक्त), शिवहरी काफ्ले (अर्थ), लीलानाथ घिमिरे (प्रचार) र यामनाथ तिम्सिना (शिक्षा) निर्वाचित भए ।


सदस्यहरुमा राजेश भण्डारी, विमेश श्रेष्ठ, प्रेम कुमार नेपाल, मोती श्रेष्ठ, मातृका प्रसाई, उत्तम कार्की, हेमन्त पौडेल, मनोज कुमार शाह, जिवन तिम्सिना, रविन बजगाईँ, महिला सदस्यमा मुना पौडेल, सरु घिमिरे, साधना घिमिरे, विना खड्का निर्वाचित भएको नविनिर्वाचित सदस्य हेमन्त पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]