बैशाख २०, २०८२ शनिबार

बजारमा प्रभावकारी अनुगमन गर : सम्पादकीय

हिन्दुधर्मीहरुको महान पर्व बडादशै नजिक आएको छ । हिन्दुधर्मालम्बीको चाडमध्येकै ठुलो पर्व वडादशैको चहलपहल लगभग शुरु भइसक्यो । यसै पर्वको पूर्वसन्ध्यामा अनुगमन शुरु भएका छन् । झापाको विभिन्न स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अनुगमन थालेका छन् । नागरिकप्रति जिम्मेवार भएर अनुगमन गर्नु स्थानीय तहको कर्तव्य हो । तर, स्थानीय सरकारले अहिलेसम्म प्रभावकारी रुपमा अनुगमन गर्न सकिरहेका छैनन् । अनुगमनमा भेटिएका व्यापारीका त्रुटिलाई अनुगमनकर्ताले यत्तिकै छोडिरहेका छन् । जबसम्म व्यवसायीलाई कारवाहीको दायरामा ल्याइदैन, तबसम्म अनुगमनको औचित्य रहदैन ।

खुल्ला बजारमा अस्वस्थ्य प्रतिस्पर्धा छ । व्यवसायीको उद्देश्य नाफा कमाउनु बाहेक केहि हुन्न । उनीहरुलाई कसरी हुन्छ, नाफामा मात्र ध्यान छ । नाफा मात्र खोज्ने व्यवसायीले नागरिकको स्वास्थ्यसँग खासै महत्व राख्दैनन् । लामो समय व्यापार नभएर राखेका मालसामान सल्टाउने अवसर यहि बेला हो भन्ने बुझाई आम व्यवसायीमा छ । व्यापारका नाममा उपभोक्तामाथि खेलवाड गर्ने व्यवसायी प्रशस्त छन् । उनीहरुलाई अनुगमनकर्ताले कानुनी कारवाहीको दायरामा ल्याउनैपर्छ । नत्र, अनुगमनका नाममा मजाक मात्र हुनेछ । भत्ताको दुरुपयोग मात्र हुनेछ ।

जिल्लामा नाम चलेका व्यवसायी छन् । सामाजिक सेवामा नामधारी व्यवसायी पनि उपभोक्ता प्रति बफादार छैनन् । उनीहरुकै पसलमा मुल्यसुची छैन । खाद्य सामाग्रीमा मुल्य लेखिएको हुदैन । साना व्यवसायीको कुरा भन्दा पनि यो समयमा ठुला व्यवसायीलाई निगरानीमा राख्नुपर्छ । उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै स्थानीय सरकारले अनुगमनलाई प्रभाकारी बनाउन अपरिहार्य छ । कर्मचारी मात्र हुदा चाडवाडलाई लक्षित गरी अनुगमन हुने गथ्र्यो । स्थानीय तहमा जनप्रतिनिधि आउँदा पनि उस्तै छ । अनुगमनलाई बाक्लो बनाएर कुनै पनि क्षेत्रमा उपभोक्ताले नठगिने वातावरण तत्काल बनाइयोस् ।

प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार  १२ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]