बैशाख २५, २०८२ बिहीबार

सहारामा बम बिस्फोट गराउने विप्लपका नेता पक्राउ

बिर्तामोड । झापा प्रहरीले बिर्तामोडबाट नेकपा विप्लप समूहका दुई जना नेता पक्राउ गरेको छ । आज बिहान साढे ९ बजे प्रहरीले झापा जिल्ला सेक्रेटरी प्रबिन मिश्र ( मनिष) र अर्का जिल्ला सदस्य टीका पोख्रेललाई बिशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले बताएका छन् ।

उनीहरुलाई बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत प्राधिकरण कार्यालयको नजिकै रहेको चिया पसलबाट नं. १ प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खट्टिएको प्रहरी टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार  १२ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]