बैशाख २७, २०८२ शनिबार

तीन वर्षमा ५ सय ५४ जना लागुऔषध कारोवारी पक्राउ

बिर्तामोड । विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसार विरुद्ध प्रहरी कारवाहीमा ५ सय ५४ जना पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो संख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १६५ जना, आर्थिक वर्ष २०७४/७५ मा १८९ जना र आर्थिक वर्ष २०७५/७६ मा २०० जना लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेका ५ सय ५४ जना मध्ये २४ विदेशी नागरिक थिए ।
तीन वर्षमा लागुऔषध सम्बन्धी ३५४ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइएको जनाउँदै आर्थिक वर्ष २०७५/०७६ मा प्रहरीले १९ किलो चरेस, दुई किलो गाँजा र ७६८ ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिए ।

सीमावर्ती काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र टाघनडुब्बा क्षेत्रमा प्रहरीले भारतीय सीमापारिबाट हुनसक्ने लागुऔषधको कारोवारलाई सुक्ष्म निगरानी राख्न थालेपछि हाल कारोवारी धमाधम पक्राउ पर्न थालेको प्रहरी उपरीक्षक मैनालीले बताए । प्रहरीले विद्यालयमा पुगी लागुऔषधबाट बच्न विद्यार्थीलाई आग्रह गर्दै सचेतना कक्षा सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]