बैशाख २५, २०८२ बिहीबार

राजतन्त्रको तर्क नै कुतर्क हो : पोखरेल

बिर्तामोड । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राजतन्त्र कहिल्यै नबिउँझिने बताएका छन् । राजतन्त्रको कुरा गर्नु अहिलेका लागि कुतर्क हुने भन्दै राजतन्त्रको सपना दिवा सपना मात्र रहेको बताए ।

संविधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले आयोजना गरेको जनसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनताबाट पराजित भएर अत्तालिएकाहरु विभिन्न संघर्षका नाममा देशमा आगो बाल्ने प्रयास गरिरहेको बताएको छन् । सरकारको आलोचना गरेर भ्रम छरेर होस्, हिन्दु राष्ट्रको सवाल उठाएर होस् , राजा ल्याउने नाममा देशमा आगो बाल्ने प्रयत्न गरिरहेको पोखरेलको भनाई छ । राजा चिहान भइसक्यो, अब व्यूझिदैन– पोखरेलले भने, देशमा अब संघर्षको कुनै आवश्यकता छैन ।

जनसभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै विश्वको अमेरिका, भारत र बेलायतको भन्दा सर्वस्वीकार्य संविधान बनाएको भन्दै जनतालाई विभिन्न नाममा जनतामा विभाजन ल्याउने प्रयास थालिएको उनको दावी छ । नेपाली जनता खुशी र उत्साहित छन्, पोखरेलले भने – पुरानो नीतिले गर्दा प्रणालीमा सोचे जस्तो परिवर्तन हुन सकिरहेको छैन । एक प्रसंगमा पोखरेलले थपे, अहिले सरकारलाई भ्रष्टाचारको आरोप लगाईदैछ, सरकार भ्रष्ट होइन । भ्रष्टाचारीको नयाँ होइनन् ।
देश आमुल परिवर्तनको बाटोमा अघि बढिसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले सरकारको पहिलो वर्ष आधार वर्ष भएको बताए । पहिलो वर्षमा कानुन निर्माण गरिएको छ, अब जनताले चाहेको विकास अघि बढ्छ, उनले थपे ।

उनले भ्रष्टाचारी तह लगाउन अख्तियार बलियो बनाउने बताए । सरकार भ्रष्टलाई गिराफ्तार गर्छ, सरकारले अब कसैलाई छोड्नेवाला छैन । सरकार गठनको केहि वर्षमै देशमा उत्साह बढेको बताउँदै जनतालाई दुःख दिनेलाई कानुनी कठघरामा ल्याउने पोखरेलको जिकिर छ ।
झापा जिल्लाभरबाट उपस्थित भएका करिव १० हजार कार्यकर्तालाई पोखरेल सहित हरिवोल गजुरेल, राम कार्की, भीम आचार्य, रविन कोइराला, धर्मशिला चापागाई लगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले नेपाली जनताले लामो त्याग बलिदानीबाट ल्याएको संविधान रक्षा गर्न आम देशबासी एकजुट हुनुपर्ने धारणा राखेका थिए । कम्यूनिस्टमाथि आक्रमण भइरहेको बताउँदै बक्ताले स्थायी सरकार बनेकोमा प्रतिगामीले जनतामा भ्रम छरिरहेको बताएका थिए ।

प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]