‘सङघर्षको इतिहास’ वैचारिक उर्जा हो : मन्त्री कार्की
बिर्तामोड । तत्कालिन अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेद्धारा लिखित पुस्तक सङघर्षको इतिहासको परिचर्चा गरिएको छ ।

आज बिर्तामोडमा प्रगतिशिल लेखक संघ झापाद्धारा आयोजना गरिएको कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रतिनिधि सभाका सदस्य एवम् लेखक राम कार्की (पार्थ) र विधार्थी नेतृ नेपाल कम्युनिस्ट पार्टीको युवा तथा विधार्थी विशेष जिल्ला कमिटी सचिव सुनिता बरालले संघर्षको इतिहासमाथि चर्चा गरेका छन् ।
परिचर्चा कार्यक्रममा कानुनमन्त्री हिक्मत कार्कीले संघर्षको इतिहास नेपाली कम्युनिस्ट आन्दोलनको दस्तावेज हुने बताएका छन् । उनले कितावमा समावेश भएका सामग्रीले कम्युनिष्ट आन्दोलनका लागि उर्जा दिने बताए । कम्युनिस्टमा अध्ययन गर्ने आदत घट्दै गएकाले यस प्रकारका किताव अनिवार्य रुपमा अध्ययन गर्नुपर्ने उनको धारणा थियो । मन्त्री कार्कीले भने, यो किताव वैचारिक उर्जाका लागि पठनीय छ ।
यस्तै, प्रतिनिधि सभाका सदस्य कार्कीले संघर्षको इतिहास वास्तवमा इतिहास नभएको चर्चा गरेका छन् । उनले न्यापानेले ल्याएको इतिहासमा माक्र्सको आन्दोलन र विचार समावेश गरिएकोले अध्ययनयोग्य रहेको टिप्पणी गरे । कार्यक्रममा उनले समाजवाद ल्याउन अध्ययन पनि आवश्यक रहेको बताएका छन् । अहिलेको कम्युनिष्ट आन्दोलनबाटै समाजवाद ल्याउन सजिलो नरहेको तर्क गरे ।
उनले भने, कम्युनिष्ट पार्टीमा ठेकेदार, व्यापारी र कर्पोरेटहरुको उपस्थिति बाक्लो छ, यसले हामीले सोचे जस्तो परिवर्तन संभव छैन । शिक्षा, स्वास्थ्य र अहिलेको नीति नै समाज ल्याउने गरीको नरहेको कार्कीको तर्क थियो । संघर्षको इतिहास कम्युनिस्ट कार्यकर्ताका लागि बाटो तय गर्ने पाठ्य सामग्री रहेको कार्कीको भनाई छ । कार्यक्रममा लेखक न्यौपाने सहितले परिचर्चा गरेका छन् ।