ब्राउन सुगरको कारोवार तेब्बरले बढ्यो, झापाका मुख्य व्यापारी पक्राउ
बिर्तामोड । झापामा हिरोइन (ब्राउन सुगर) को कारोवार बढ्दै गएको प्रहरी तथ्याङकले देखाएको छ । हालै झापा प्रहरीले प्रस्तुत गरेको तिन वर्षको विवरणमा ब्राउन सुगनको कारोवार बढेको पाइएको हो ।

झापा प्रहरीले बरामद गरेको परिमाणका आधारमा हेर्दा तिन वर्षमा तिन गुणाले बढेको छ । आर्थिक वर्ष ०७३/७४ मा जिल्ला प्रहरी झापाले २ सय ३ ग्राम, ११६ मिलिग्राम , आर्थिक वर्ष ०७४/७५ मा १ सय २० ग्राम ९९३ मिलिग्राम र आर्थिक वर्ष ०७५/७६ मा ७ सय ६७ ग्राम ९९७ मिलिग्राम बरामद गरिएको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । भारतीय बजारहरुबाट आयात गरिने लागुऔषध काठमाडौ पु¥याउन झापालाई मुख्य केन्द्र बनाएका लागुऔषधका कारोवारी धमाधम पक्राउ समेत परिरहेका छन् ।
प्रहरीले ४५ ग्राम ब्राउन सुगर सहित गत भदौं १२ गते बिर्तामोड–२ बाट भारतीय नागरिक श्रवण कुमार चौधरीलाई पक्राउ गरेको थियो । ३९ वर्षीय चौधरी भद्रपुर वडा नं.–७ मा डेरा गरी बस्दै आउका थिए ।
प्रहरीले चौधरीसँगै भारतीय सवारी कार थान – १, नेपाली नगद रु. ७ हजार , कालो रङको ओप्पो मोबाईल १ थान र भारतीय सिम बरामद गरेको प्रहरीको भनाई छ ।
यस्तै, झापा प्रहरीले भदौं ५ गते विहान बिर्तामोड–५ स्थित इलाम स्टेण्डबाट बुद्धशान्ति घर भई बिर्तामोड –५ अतिथी सदन छेउ बस्ने ३६ वर्षीय राम कृष्ण कडरीया, कडरीयाकै बयानको आधारमा बिर्तामोड–५ का रिकुटे दिपक भन्ने भेन चालक ४७ वर्षीय केशव सिवा काँकरभिट्टामा गत २६ गते साँझमा पक्राउ परेका थिए । झापा शिवसताक्षी – ७ घर भई हाल बिर्तामोड–१ पञ्चकन्यामा डेरा गरी बस्दै आएका ४० वर्षीय जुत्ते भन्ने राजेन्द्र रिजाललाई भदौ ११ गते झापा जिल्ला अदालत अगाडि पक्राउ गरेको प्रहरीको भनाई छ । उनीहरुको साथबाट ५२ ग्राम ब्राउन सुगर, बा.१६.च १६९३ नं को रातो रङको वाइगेनर गाडी १ थान बरामद समेत गरिएको थियो ।
झापा प्रहरीले लागुऔषध नियन्त्रण व्यूरोको सहयोगमा भदौं ११ गते साँझ बिर्तामोड – ५ स्थित विएण्डसी अस्पताल अगाडिबाट हल्दिवारी – १ का २६ वर्षीय मनोज गुरुङ र अर्जुनधारा–४ जरुवा टोलका ५६ वर्षीय शिवलाल कटुवाललाई गुरुङकै सूचनाका आधारमा पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ९१.५० ग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ गरिएकाहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार लागुऔषध व्यूरो काठमाडौं, इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रहरी कार्यालय झापाले कारोवार गर्नेहरुलाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले २५ ग्राम भन्दामाथि कारोवार गर्नेलाई १५ वर्षभन्दा बढी जेल सजाय हुने व्यवस्था छ । बरामद गरिएको ब्राउन सुगर प्रमाणित भएपछि पूर्पक्षका लागि थुनामा जाने उनको भनाई छ । झापामा कारोवार बढ्नुको मुख्य कारण खुला सिमाना भएको उनको दावी छ । लुकाई छिपाई थोरै मात्रामा ल्याउन सकिने भएकाले कारोवार गर्न सहज भएको डिएसपी थापा बताउँछन् । बिर्तामोड र दमकमा यसको प्रयोगकर्ता धेरै भएको प्रहरीको बुझाई छ । युवा उमेर समूहलाई लक्षित गरेर व्यापार गरिरहेका ६ जना जिल्लाकै ठुला व्यापारी भएको प्रहरीको भनाई छ । उनीहरुबाट बरामद् भएको परिमाणलाई ठुलो कारोवारको रुपमा हेर्न सकिने डिएसपी थापाले जानकारी दिए ।
बिर्तामोडमा नीजि सवारी भाडामा कुदाउनेहरुलाई प्रहरीले निगरानी बढाएको छ । पक्राउ परेकाहरु मध्ये धेरै जसो नीजि सवारी भाडामा चलाउने चालक छन् । बिर्तामोड–सिलगुडी आवात जावत गर्ने नीजि चालक अधिकांशलाई निगरानीमा राखेका छौं, प्रहरीले भने । भारतबाट आयात गरिएको ब्राउन सुगर काठमाडौं पु¥याउदाँ २० गुणा फाइदा हुने भए पछि कारोवारमा सक्रिय हुनेको संख्या बढिरहेको झापा प्रहरीको भनाई छ । गाडि मात्र नभई प्रहरीले अटो चालकहरुलाई समेत निगरानी बढाएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । एक जना कारोवार गर्ने चालकलाई प्रहरीले नियन्त्रणमा समेत लिइसकेको छ ।
झापाका गाँजाको कारोवार भने घट्दै गएको छ । आर्थिक वर्ष ०७३/७४ मा जिल्ला प्रहरी झापाले २६ केजी ९ ग्राम, आर्थिक वर्ष ०७४/७५ मा ५ केजी ९६५ ग्राम र आर्थिक वर्ष ०७५/७६ मा २ केजी २३५ ग्राम गाँजा बरामद गरेको तथ्याङकमा उल्लेख छ । यता, चरेशको कारोवार बढिरहेको पाइएको छ । आर्थिक वर्ष ०७३/७४ मा ५ केजी ३ सय ४० ग्राम बरामत गरेको चरेश ०७४/७५ मा शुन्य भएको थियो भने ०७५/७६ मा १८ केजी ५ सय ग्राम बरमद गरिएको थियो । अफिमको कारोवार शुन्य भएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध कारोबार नियन्त्रण गर्ने बताएका छन् । उनले जिल्लामा नाइकेहरु नै समातिएको दावी गर्दै थप कारोवारीको खोजी कार्य भइरहेको जानकारी दिए । उनले यसको विरुद्धमा विभिन्न सचेतना अभियान समेत सञ्चालन गरिरहेको बताएका छन् ।