बैशाख २५, २०८२ बिहीबार

नेकपालाई जनताको एकमात्र पार्टी बनाएर विश्राम लिन्छु : प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई एक बर्षभित्र सम्पूर्ण जनताको एकमात्र पार्टी बनाउने दावी गर्नुभएको छ ।

नेकपा सम्पर्क समन्वय कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा दाहालले एक वर्षमा जनताको एकमात्र पार्टी नेकपा भएपछि मात्र विश्राम लिने घोषणा गर्नुभएको हो । एकताको केही काम मात्रै बाँकी रहेको भन्दै उनले एकता प्रक्रियामा हात्ती छिरेर पुच्छरमात्रै बाँकी रहेको बताउनुभयो ।

एकता प्रक्रियाले लामो समय लिँदा, पार्टी कमिटीहरु गतिशील नहुँदा त्यसले पार्टीलाई नै क्षति पुगेको उहाँको भनाई छ । तीन महिनामा टुंगिनु पर्ने एकता १५ महिना लागेरै भए पनि टुंग्याएरै छाडेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले कम्युनिस्टहरु चील जस्तै माथि उड्न पनि सक्ने र जमिनमा खोस्रन पनि सक्ने भएको बताउनुभयो । झण्डै एक वर्ष कुखुरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने उहाँको दाबी छ ।

उहाँले बैज्ञानिक आलोचना गरे त्यसलाई स्वीकार गर्ने तर तथाकथीत आलोचना गरे चूप लागेर नवस्ने स्पष्ट बताउनुभयो ।

प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]