झापामा बेकरीको मुल्य ३३.३ प्रतिशतले बढ्यो
बिर्तामोड । झापाका बेकरी व्यवसायीले बेकरी परिकारमा ३३.३ प्रतिशत मुल्य बृद्धि गरेका छन् । उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थको मुल्य बढेपछि व्यवसायीले मुल्य बृद्धि गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

कच्चा पदार्थसँगै श्रमिकको ज्याला, प्रशोधन खर्च, इन्धन, इपाकेजिङ सामग्री र बजार व्यवस्थापनमा खर्च बढेकोले मुल्य समायोजन गरेको बेकरी व्यवसायीका अध्यक्ष नर बहादुर गिरीले जानकारी दिए । उनका अनुसार मुल्य समायोजन नगर्दा उधोग नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । केहि उधोग बन्द नै भइसके, गिरीले भने – मुल्य समायोजन नगर्ने हो भने सबै उधोग धमाधम बन्द हुनसक्छन् ।
उधोगको निरन्तरताका लागि मुल्य समायोजन गरेको गण्पति बेकर्सका सञ्चालक राजु ढकालले जानकारी दिए । उनले मुल्य बृद्धि हुँदा परिमाणमा पनि सन्तुलन मिलाइने बताए । झापामा व्यवसायीले गुणस्तरीय उत्पादनमा कुनै सम्झौता नगर्ने उनको भनाई छ । जिल्लामा हाल ४० वटा बेकरी उधोग सञ्चालनमा छन् ।