बैशाख २४, २०८२ बुधबार

चीसोमा बालबालिकालाई निमोनिया हुनबाट कसरी बचाउँने ?

दिनप्रतीदिन चिसो बढदै गइरहेको छ ।  चिसो बढेसँगै  रुघा खोकि जस्ता विभिन्न स्वास्थ्य समस्याहरु पनि बढ्ने गर्दछ । चिसोमा बालबालिका  र जेष्ठ नागरिकहरुलाई  यस्ता समस्याको जोखिम अझै बढि हुने गर्दछ । 

विशेषगरी ५ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई  चिसोबाट जोगाउन नसक्दा विभिन्न समस्याले पिरोल्ने गर्दछ । सामान्य लाग्ने रुघाखोकीलाई बेवास्ता गर्दा निमोनियाको रुप लिन सक्छ । 

धेरै जसो चिसोयाममा बालबालिकामा रुघाखोकी, पिनास, टन्सिलाइटिस, फ्लोरिन्जाइटिस (स्वर भासिने), ब्रोन्काइटिस, निमोनिया जस्ता समस्या बढी मात्रामा देखा पर्ने गर्दछ । बालबालिकाहरूमा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखा परेमा तुरुन्त चिकित्सकलाई परिक्षण गराउँनुपर्छ । 

चिसो मौसममा भाइरस वा किटाणु सक्रिय हुने भएकाले निमोनियाको जोखिम उच्च हुने गर्दछ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई निमोनियाले छिट्टै समात्ने गर्दछ । 

निमोनिया फोक्सो सम्बन्धि रोग हो । यो जुनसुकै उमेरसमुहका मानिसलाई हुनसक्छ तर यसको जोखिममा खासगरी ५ बर्षमुनिका बालबालिका हुने गर्दछन् । भाइरसबाट हुने निमोनिया सर्पोटिभ कियरले निको हुन्छ भने व्याक्टोरीयाबाट हुने निमोनियामा कडा किसीमको ज्वरो आउने, स्वाँ स्वाँ हुने जस्ता समस्या देखिने भएकाले औषधि नै सेवन गर्नुपर्ने हुन्छ । 

निमोनियाबाट बच्नका लागी तातो कपडा लगाउने तातो खानेकुराहरु खानुपर्छ । 

मानिसहरुको भिडभाडमा जाानु हुदैँन । 

निमोनिया बिरुद्धको खोप लगाउनुपर्छ । 

( डा .सोनसी गोन्गोल इशान बाल अस्पतालमा कार्यरत छिन् ।)

प्रकाशित मिति : पुष ४, २०७६ शुक्रबार  ११ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]