पूर्व नेपालसँग मर्जको तयारीमा ग्लोवल कृषि सहकारी
बिर्तामोड । स्थापनाको सात वर्षपछि ग्लोवल कृषि सकहरी संस्था लि.बिर्तामोड मर्ज प्रक्रियामा अघि बढेको छ ।

संस्थाको सोमबार सम्पन्न सातौं साधारणसभाले मर्जको प्रस्ताव पास गरेको अध्यक्ष रमेश थापाले जानकारी दिए । उनका अनुसार ग्लोवल कृषि सहकारी संस्था कमल गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थासँग मर्ज हुने भएको छ । अबको एक महिनाभित्र मर्ज गरिसक्ने उनको भनाई छ ।
२०७० सालमा २५ जना शेयर सदस्यबाट शुरु भएको संस्थामा हाल ७ सय ६२ जना सदस्यहरु रहेका छन् । ३८ लाख ४९ हजार ८ सय शेयर पुँजीरहेको ग्लोवल सहकारीले साधारणसभामा विभिन्न विधामा सदस्यलाई सम्मानसहित पुरस्कृत गरेको छ । सम्मानसहित पुरस्कृत हुनेहरुमा ज्येष्ठ सदस्यमा लक्ष्मी कामी, उत्कृष्ट बचतकर्तामा लोकनाथ सापकोटा, उत्कृष्ट ऋणीमा खिलसरी राजवंशी, उत्कृष्ट कर्मचारीमा कमला राजवंशी र एसइइमा उत्कृष्ट अंक ल्याई उर्तिण हुने सदस्यको परिवारबाट नविन दाहाल र सिर्जना रिजाललाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी सन्तोष सापकोटाले सहकारीमा आवद्ध सबै सदस्य व्यवसायी एवम् उद्यमी बन्नुपर्ने बताएका छन् । उनले सहकारीमा आवद्ध भएका सबै सदस्यहरुको जीवनमा परिवर्तन ल्याउन सहकारीसँगै सदस्यको समेत भूमिका रहेको बताए । सापकोटाले भने, अब सदस्यले बचत गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ र फजुल खर्च घटाउनुपर्छ ।
साधारणसभामा संस्थाका अध्यक्ष रमेश थापाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मर्जले अब नयाँ यात्रा शुरुआत गर्ने बताएका छन् । उनले सबै सदस्यलाई सहकारी मर्जले थप उत्साह प्रदान गर्ने बताए । देशभर सहकारीको मर्ज प्रक्रिया चलिरहेको समयमा पूर्वनेपालसँग मर्ज गर्न पाउनु गौरवको विषय रहेको सुनाएका छन् ।