अनेरास्ववियूद्वारा जेब्राक्रस निर्माण
भद्रपुर । सडक सुरक्षालाई मध्यनजर गर्दै भद्रपुरमा जेब्राक्रसिङ बनाइएको छ । बुधबार अनेरास्ववियू मेची क्याम्पस कमिटीले जेब्राक्रसिङ बनाएको छ ।

ब्यस्त हुने सडक क्षेत्रमा सहज हिडडुलका लागि जेब्राक्रस बनाएको बिधार्थी नेता अशोक खतिवडाले जानकारी दिए । मेची क्याम्पस प्रवेश गर्ने मुख्य चौबाटोमा जेब्राक्रसिङ बनाइएको खतिवडाले जानकारी दिएका छन् । ट्राफिक प्रहरी कार्यालय चन्द्रगडीको प्राविधिक सहयोगमा अनेरास्ववियू संवद्ध विधार्थीले जेब्राक्रस बनाएका हुन् ।