बैशाख २४, २०८२ बुधबार

दुर्घटनामा बालबाल बाँचे : मेयर चन्द्र शेर्मा

बिर्तामोड । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले आज भएको सवारी दुर्घटनामा बालबाल बाँचेको इजलासलाई जानकारी दिएका छन् ।

उनी सवार नगरपालिकाको गाडिलाई आज दमकस्थित रतुवा पुल नजिकै विपरित दिशाबाट आएको सवारीले ठक्कर दिएको छ ।

दुर्घटनाबाट नगरपालिकाको गाडि पूर्ण रुपमा क्षति भएको छ । प्रमुख शेर्मालाई भने कुनै चोटपटक लागेको छैन । उनले आजको दिन बलियो भएको बताए । म दमक जाँदैथिए, एक्कासी ठक्कर दियो – मेयर शेर्माले भने , ठोक्किने वित्तिकै आँखा चिम्लिएछु, के ले हान्यो थाहै पाइएन । प्रमुख शेर्मा अहिले घर पुगेका छन् । प्रहरीले ठक्कर दिने सवारी खोजी गरिरहेको छ ।

प्रकाशित मिति : माघ १२, २०७६ आईतबार  ५ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]