बैशाख २४, २०८२ बुधबार

सम्पादकीय : झापामा खतरा बढ्यो

छिटपुट रुपमा समाचार आइरहेको छ । प्रहरीले पनि बेलाबेला पक्राउ गरेर कारवाही गरेको तथ्याङक सार्वजनिक गरिरहेको छ । समाजमा सामान्य कुराकानी पनि चलिरहेको छ, एडिकको । तर, यसमा गम्भीर कोहि भएको छैन । राज्यको निकायहरु र सुरक्षा निकायहरु बाहेक कसैलाई चिन्ता पनि छैन । नेपालमै समस्याको रुपमा रहेको लागुऔषध दुव्र्यसनले झापाका जरो गाड्दै छ । यदि यसको जरो बलियोसँग गाडियो भने हाम्रो समाज कस्तो बन्ला ? सिमा क्षेत्रमा एकघर एक प्रयोगकर्ता जस्तै भइरसकेको छ । यसको सञ्जाल बढ्दै छ । समाजमा धेरै क्षेत्र सुधारको प्राथमिकता छन्, तर लागुऔषधको विषय प्राथमिकतामा छैन ।

झापाको मुख्य शहरहरुमा दुव्र्यसन बढ्दो छ । शहरी क्षेत्रमा रहेको कुनै पनि घारीमा प्रहरीले छापा नमारेको ठाउँ छैन । हरेक घारीमा दुव्र्यसनमा परेका युवा भेटिन्छन् । प्रहरीलाई सुरक्षा चुनौति बन्दै गएको लागुऔषध प्रयोककर्ता अब उनीहरुको बसमा मात्र छैन । समाजका सबै अंग यसको नियन्त्रणमा जुट्नैपर्छ । तब मात्र यसको नियन्त्रण सफल बन्नेछ । भाडामा चल्ने साना गाडिमा यसको ओसारपसार बढिरहेको छ । राम्रो आम्दानी हुने नाममा सबै क्षेत्रका अगुवा यसको व्यापारमा जुटेको तथ्याङक छ । पैसाका लागि समाजलाई नै दुव्र्यसनको डोरीमा बाँध्ने काम भइरहेको छ ।

पूर्वी नाका काँकरभिट्टामा युवाको चहलपहल छ । झापा नेपालकै मुख्य ट्रान्जिट बन्दै गइरहेको बेला सबैले ख्याल नगर्ने हो भने अब हरेक परिवारका युवा युवती र बालबालिका दुव्र्यसनमा फस्ने पक्का छ । यसैका कारण अपराधिक घटना भइरहेको छ । मेरो परिवारमा कोहि पनि प्रयोगकर्ता छैनन् भनेर ढुक्क भएर बस्ने समय छैन । त्यस्तै, अहिले अटोवाला यसको व्यापारमा लागेको पाइन्छ । काँकरभिट्टाबाट विर्तामोडसम्म ल्याएको भाडा ५ सय पाएपछि अटोवाला पनि निर्धक्क त्यसका व्यापारी बोकिरहेका छन् । अब प्रयोककर्ता र व्यापारी मात्र होइन , त्यसको ओसारपसारमा सवारी प्रयोग गर्ने जो कोहिलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । यसैले झापामा बढ्दै गएको खतरा अहिलेबाटै नियन्त्रणमा नलागे अबको १० वर्ष लागुऔषधको गढ बन्ने निश्चित छ ।

प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]