साझा प्रकाशनको महाप्रबन्धकमा झापाका गौतम नियुक्त
बिर्तामोड । साझा प्रकाशनको महाप्रबन्धक पदमा होमप्रसाद गौतम नियुक्त भएका छन् ।
साझा प्रकाशन सञ्चालक समितिको माघ ११ को निर्णयानुसार गौतम महाप्रबन्धक पदमा नियुक्त भएका हुन् ।

यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण तथा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीले महाप्रबन्धकको समेत जिम्मेवारी वहन गरेका थिए ।
राजनीति तथा समाजसेवामा विगत ४ दशकदेखि अनवरत लागेका झापा जिल्ला शिवसताक्षी–२ निवासी गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरेका थिए। विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको साझा प्रकाशन गौतमको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको प्रशासन विभागका प्रमुख भेषराज घिमिरेले जनाए ।