देवी क्याम्पसमा मेगा बैंकको वित्तीय साक्षरता
बिर्तामोड । मेगा बैंक नेपाल लिमिटेड बिर्तामोड शाखाले देवी क्याम्पसका विधार्थीलाई बैंकिङ साक्षरता सम्बन्धि सहजीकरण गरेको छ । आज क्याम्पसको सभाहलमा आयोजना गरेको कार्यक्रममा बिबिएस तेस्रो वर्षका विधार्थी सहभागी थिए ।

बिर्तामोडस्थित देबी क्याम्पसका विधार्थीलाई वित्तीय क्षेत्रमा साक्षर बनाउन कार्यक्रम आयोजना गरिएको मेगा बैंक बिर्तामोड शाखाका प्रबन्धक कुलदिप बिमलीले जानकारी दिए ।
उक्त कार्यक्रममा बिद्यार्थीलाई बैंक तथा बैंकले प्रदान गर्ने बिभिन्न सेवा सुबिधाहरुको बारेमा जानकारी गराइएको थियो ।
बैकका कर्मचारी दिनेश पनेरुले सञ्चालन गरेको कार्यक्रममा एक सय जना बिद्यार्थीको सहभागिता रहेको थियो । सामुदायिक क्याम्पसमा गरिने यस्ता कार्यक्रमहरुले बिद्यार्थीहरुलाई बैंकिङ साक्षर बनाउने भन्दै क्याम्पस प्रमुख लेखनाथ भट्टराईले आयोजकलाई धन्यवाद दिएका छन् । मेगाले देशका बिभिन्न स्थानमा वित्तीय साक्षरता प्रदान गर्दै आएको छ ।