भत्काएका संरचना छिटो बनाइदेऊ
सम्पादकीय
झापाको व्यस्त बजार बिर्तामोड यतिबेला निर्माणको चरणमा छ । जताततै खनिएका छन् । बाटोमा आवात जावत गर्न कठिनाई भइरहेको छ । सहज हिडडुलका लागि अझै केहि समय कुर्नुपर्ने देखिएको छ । पहिलो चरणमा काम पाएका राजकिशोर गुप्ताले काम नगरेपछि बिर्तामोड–भद्रपुर सडक खण्ड समयमा सकिएन । त्यसको परिणाम आज आम उपभोक्ताले व्यहोर्नु परेको छ । पहिलो सम्झैता अनुसार काम भएको थियो भने आजसम्म बिर्तामोडको मुहार बदलिने थियो । तर, त्यस्तो भएन ।

अहिले स्थानीय निर्माण व्यवसायी केदार गिरीले सडक निर्माणको जिम्मा पाएका छन् । सडक निर्माणको सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने समय ४२ दिन कटेको छ । तिब्र ढंगले त्यो समय काम नभएपछि अहिले निर्माणको जिम्मा पाउनेगिरीले काम धमाधम गरिरहेका छन् । भद्रपर रोडमा अहिले डे«न निर्माणको काम भइरहेको छ । शाखा सडकसँग सम्पर्क टुटिरहेका छन् । जहाँ शाखा सडक बिना बिर्तामोडको दैनिकी चल्दैन । त्यै पनि विकास निर्माणको क्रममा यसलाई सहनुपर्ने बाध्यता सबैसँग छ ।
सडक निर्माण शुरु भएपछि व्यापार खस्किएको छ । व्यापारीले मनबाट सडक निर्माणमा खुशी व्यक्त गर्न सकिरहेका छैनन् । किनभने, व्यापार चौपट भएको छ । यसको विकल्प चाँडोभन्दा चाँडो डे«नको काम सक्नुपर्छ । यदि डे«नको काम समयमै सकिएन भने यसले ठुलो समस्या ल्याउन सक्छ । यसैले भत्काइएका संरचना चाँडोे निर्माण गरियोस् । यो काम केदार गिरीको परीक्षा पनि हो । अर्को कुरा मापदण्डका सवाल छन् । निर्माणको कुरासँगै आधारभूत मापदण्ड पुरा भएको छ कि छैन ? आम बिर्तामोडबासी र सरोकारवालाले खोज्नैपर्छ ।