बैशाख २५, २०८२ बिहीबार

कोरोनाबाट अमेरिकामा पनि एकको मृत्यु , ५७ देशमा फैलियो संक्रमण

अमेरिका । अमेरिकामा पनि कोरोना (कोभिड–१९) भाइरसबाट एकको मृत्यु भएको छ । कोरोनाका कारण एक व्यक्तिको ज्यान गएको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकी अधिकारीहरूले कोरोना भाइरसका कारण विविध किसिमको स्वास्थ्य समस्या रहेका एक ५० वर्षीय पुरुषको वासिङ्टनस्थित उत्तर–पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् ।

चीनको हुबेई प्रान्तको वुहानबाट महामारी शुरू भएयता अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

सो घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै अन्य मामिलाको सम्भावना भएको भए पनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार भइसकेको बताए ।

उनले आफ्ना नागरिकहरूलाई नआत्तिन भनेका छन् । अमेरिकी अधिकारीहरूले कोरोना भाइरसको प्रकोपमा रहेका दक्षिण कोरिया, इरान र इटालीका भूभागहरूमा भ्रमण नगर्न भनेको छ ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरूले मृत्यु भएका व्यक्तिले संक्रमणको जोखिम रहेका कुनै पनि क्षेत्रमा भ्रमण नगरेको बताए । कोरोनाले एक व्यक्तिको ज्यान गएपछि अमेरिकाको वासिङ्टनमा आपतकाल घोषणा गरिएको छ ।

हालसम्म संसारका ५७ देशमा कोरोना भाइरसबाट ८५ हजार मानिसहरू संक्रमित भएका छन् भने यसबाट करिब ३ हजार जनाले आफ्नो ज्यान गुमाइसकेका छन् । यसमा अधिकांश मृतक र संक्रमित चीनबाट रहेका छन् ।

पछिल्ला दिनमा यसको प्रभाव दक्षिण कोरिया, इटाली र इरानमा धेरै देखिएको छ भने अन्य मुलुकमा पनि मामिलाहरू सार्वजनिक भइसकेका छन् । एजेन्सी

प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार  ११ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]