गोली लागेर प्रहरी हवल्दारको ज्यान गयो
स्याङ्जा – स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार रवीन्द्र पौडेलको ज्यान गएको छ ।
हरिनास गाउँपालिका चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार पौडेलको गोली लागेर ज्यान गएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
बन्दुकमा गोली लोड गर्ने क्रममा अचानक पड्किंदा घाइते भएका पौडेलको उपचारका लागि मणीपाल शिक्षण अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धान सुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपीको टोली त्यसतर्फ गएको बताइएको छ ।