विर्तामोड । नेपाल स्काउट, कोशी प्रदेश अन्तर्गत स्थानीय स्काउट विर्तामोडले एकदिने पुनर्ताजगी कार्यशाला सम्पन्न गरेको छ ।
स्काउटले विद्यार्थीहरुलाई आत्मनिर्भरता, अनुशासन, कर्तव्यनिष्ठ नागरिक निर्माण गर्ने उद्देश्यले नेपालमा २००९ साल असार ५ गते विधिवत रुपमा स्थापित यस संस्था संघीयताको ढाँचा बमोजिम तीन वटै तहमा गठन भएर विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यस कार्यक्रमको मूल उद्देश्य स्काउट शिक्षकको तालिम लिएर पनि विविध कारणले विद्यालयमा स्काउट कक्षा संचालन गर्न कठिन भएका वा भर्खरै स्काउट शिक्षक बनेर विद्यालयमा गएर कसरी इकाई गठन गर्ने भन्ने जिज्ञासा बोकेका र लामो समय स्काउटिङ्गबाट विमुख भएका स्काउटरहरुलाई सहजीकरण गर्ने हेतुले महिला तथा बालबालिका शाखाको प्रायोजन तथा स्थानीय स्काउट कार्यालय, विर्तामोड नगरपालिकाको व्यवस्थापनमा आयोजना गरिएको कार्यक्रमका अध्यक्ष प्रमुख आयुक्त निकुञ्ज शर्माले जानकारी दिए ।
महेन्द्र रत्न माविको पुरानो स्रोतकेन्द्रमा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि स्थानीय प्रमुख स्काउट नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, विशिष्ट अतिथिमा शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख उपसचिव तिलचन भण्डारी, विद्यालयका प्रधानाध्यापक खड्ग खरेल, शिक्षक नेता नेत्र खरेल लगायत स्काउटरहरुमा शैक्षिक पद्धति आयुक्त सहायक राष्ट्रिय प्रशिक्षक सङ्गिता पराजुली, स्रोत तथा वित्त आयुक्त कपिल सापकोटा, सामुदायिक विकास आयुक्त डम्बरु बल्ल्भ ओझा, सदस्यता वृद्धि आयुक्त आकाश सिङ्ग, कार्यसमिति सदस्यहरु गीता देवी भट्टराई तिवारी, प्रमिला भण्डारी लगायत परिषद् सदस्यहरु देवी प्रसाद पराजुली, सुम्निमा राई, रोजिना उप्रेती एवम् विविध विद्यालयका स्काउटरहरु, विर्तामोड रोभर रेन्जर कृउका रोभर रेन्जरहरुको उपस्थिति थियो ।







प्रतिक्रिया