जेष्ठ ११, २०८२ शनिबार

इटलीमा एकैदिन ९१९ को मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९ सय ९ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ ।

उता अमेरिकामा संक्रमितको रेकर्डस्तरको वृद्धि भएको छ । १७ हजार २९ जना नयाँ संक्रमित देखिएपछि यहाँ कूल संक्रमितको संख्या १ लाख २ हजार ४ सय ६४ पुगेको छ ।

साथै यहाँ एकैदिन ३ सय १२ जनाको मृत्यु भएको छ । यससँगै मृततको संख्या १ हजार २ सय ७ पुगेको छ । अमेरिका कोरोना भाइरसको नयाँ ‘इपिसेन्टर’ बन्ने खतरा भएको विभिन्न विज्ञले चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]