जेष्ठ १२, २०८२ आईतबार

सातौं सक्रमित भेटिएको छैनः मन्त्री गुरुङ

काठमाडौं– अनलाइन मिडियाहरुमा कोरोना भाइरसको सातौं संक्रमित पोखरामा भेटिएको समाचार प्रकाशन गरेकोमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले आपत्ति जनाएका छन् । उनले केन्द्रीय प्रयोगशालाले पुष्टि गरेपछि मात्र समाचार प्रकाशन गर्न अपिल गरेका छन् ।

‘मिडियाका साथीहरूलाई हतार नगर्न र जे ह‍ो त्यही समाचार सम्प्रेषण गर्न अनुरोध छ,’ गुरुङले भनेका छन्, ‘कास्कीमा कोरोना संक्रमितको अहिलेसम्म पुष्टि भइसकेको छैन, प‍ोखरामा परिक्षण भएका सबै परिक्षणको केन्द्रीय प्रयोगशालाले पुष्टि गरेपछि मात्र केन्द्रीय प्रवक्ताबाट घ‍ोषणा हुनेछ।’

गुरुङको हवाला दिँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको र, उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको समाचार प्रकाशन भएको थियो ।

प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार  ४ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]