जेष्ठ ५, २०८२ आईतबार

उदयपुर जिल्लाका नाकाहरु सिल

उदयपु। कोरोनाभाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु सिल गरिएको छ । जिल्ला कोरोनाभाइरस संक्रमणको हटस्पट बनेसँगै अन्य जिल्लामा संक्रमण फैलन नदिन प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका भारतीय लगायतमा यतिबेला कोरोनाभाइरस संक्रमणको पुष्ट भएको छ । नेपाली सेनाको सहयोगमा मस्जिद वरपर रहेको बस्तीमा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण भइरहेको छ ।

यता, प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले लकडाउन सुरु भएयता देखि नै जिल्ला सिल नै जस्तै अवस्थामा रहेको बताउँदै संक्रमित भेटिएपछि यसमा थप निगरानी बढाइएको बताए । संक्रमित भेटिएको गाउँ र आसपासका क्षेत्रलाई यसअघि नै सिल गरिएको पनि उनले जानकारी दिए ।

पैदल हिँडेर आएकाहरुलाई पनि सम्बन्धित स्थानीय तहमा बुझाएर क्वारेन्टाइनमा बस्न लगाएको उनले बताए । जिल्लाका अन्य क्षेत्र र अन्य जिल्लामा संक्रमण फैलिन नदिन आफूहरु सचेत ढंगल अघि बढेको उनको भनाइ थियो ।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]