असार २, २०८२ सोमबार

एशियन हाइवेमा डाइभर्सनको काम मनसुन अगावै सम्पन्न गरिसक्न निर्देशन

झापा – पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एशियन हाइवेमा डाइभर्सनको काम मनसुन शुरू हुनु अगावै सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) झापाले निर्देशन दिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा एशियन हाइवेको स्तरोन्नति भइरहेको छ । सडक निर्माणमा ढिलासुस्ती भइरहेको र वर्षातमा यातायात नै अवरुद्ध हुनसक्ने जोखिम छ ।

निर्माणसम्बन्धी ठेक्का लिएको कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न पत्राचारमार्फत निर्देशन दिइएको दमक कार्यालयका आयोजना प्रमुख ई।सुनिलबाबु पन्तले बताउनुभयो ।

काममा ढिलासुस्ती भएको र वर्षा शुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायातसमेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सक्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अहिलेसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति छ । काँकडभिट्टादेखि सीतापुरसम्मको सडक दमकमा रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्ने गरेको छ ।

एशियन हाइवे थाइल्यान्डको बैंककबाट शुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८२ शनिबार  ३ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]