बिर्तामोड नपाले घरघरमै भत्ता पुर्याउने
बिर्तामोड । बिर्तामोड नगरपालिकाले लकडाउनका कारण सामाजिक सुरक्षा भत्ता बुझ्न असुविधामा परेका नागरिकको घरघरमै पुर्याउने भएको छ । लकडाउन अवधिभर नगरले केही समयका लागि सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने तयारी गरेको छ ।
बैंक मार्फत भुक्तानी लिँदै आएका उनीहरुले अब केही समयसम्म घरमा नै सेवा पाउने भएका छन् । सरकारले जारी गरेको ‘लकडाउन’ अवधिमा बैंकको सञ्चालन समय पर्याप्त नभएपछि स्थानीय तहले यस्तो निर्णय लिएको हो ।

बैंकमा सामाजिक दुरी कायम नभएको पाइएपछि सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने तयारी गरेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
हरेक वडा सचिव र जनप्रतिनिधिको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न सहजीकरण गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिएका छन् ।