स्थान वर्गीकरण गरेर लकडाउन खोलौं : संसदीय समिति
काठमाडौं– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले स्थान वर्गीकरण गरेर लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएको छ ।

भौतिक दूरी कायम गर्दै शुक्रबार बसेको बैठकले कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमार्फत सरकारालई सुझाव दिएको हो । संक्रमित क्षेत्र, संक्रमण जोखिम नरहेको क्षेत्र, जिल्ला, सहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनौट नीति अबलम्बन गर्नुपर्ने,’ समितिको सुझाव छ ।
समितिले कृषि बाली लगाउने, बाली उठाउने, तरकारीलगायत कृषि उत्पादनहरु कृषकहरुबाट संकलन, ढुवानी, वितरणको व्यस्थापन प्रणालीलाई सहज र प्रभावकारी बनाउन सरकार स्वयं वा निजी तथा सहकारी क्षेत्रबाट प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्ने पनि सुझाव दिएको छ ।
लकडाउनका कारण रोकिएका संसदीय समितिका बैठकहरु विस्तारै सुरु हुन थालेका छन् । शुक्रबार नै दीगो विकास तथा सुशासन समितिको बैठक बसेको छ ।