जेष्ठ ४, २०८२ शनिबार

कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख

विराटनगर । प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ ।

यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो । यो कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी लगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिनुभयो ।

कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्य प्रसाद राईले जानकारी दिनुभयो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]