बर्षैपिच्छे पार्टी फेर्ने बाबुरामले नफेरेको एउटा मिसन ‘नेपालको बिभाजन’
टिप्पणी –
काठमाडौं – नेपाली राजनीतिमा एउटा गजवको दृष्य छ । पार्टी बिभाजन, एकता पनि बरु स्वभाबिक नै हो । अथवा कोही एक व्यक्तिले कहिलेकाँही एउटा पार्टी छाड्नु र अर्कोमा जानुलाई पनि राजनीतिक चरित्र नै मानौं । तर जव पीएचडी गरेका बिद्धान भनिएका एक व्यक्ति बर्षैपिच्छे पार्टी फेर्छन र नैतिकताका कुरा गर्छन नी, यो भन्दा शर्मनाक र लज्जास्पद के हुन्छ रु डा। बाबुराम भट्टराई यतिबेला तल्लोस्तरको राजनीतिका बिम्व भएका छन् । उनी यति स्खलित भएका छन् कि उनी अव नेपाललाई बिखण्डित र बिभाजन गर्न चाहन्छन् । उनी नेपाल एकिकृत भएको सहन सक्दैनन् । नेपालको गणतन्त्रपछिको मन्त्रिपरिषद्मा सबैभन्दा विवादस्पद र नेपाली सार्वभौमिकताको दोहोलो काढिएको मन्त्रिपरिषद् नै उनको थियो । जनयुद्धकालमा किन प्रचण्डले यीनलाई श्रम शिविरमा राखेका थिए भन्ने पनि अहिले खुल्दैछ । र, उनको ज्यान कसले बचाइदिएको थियो भन्ने उनीलाई हेक्का होला नै ।

बाबुरामको राजनीतिको केन्द्रमा बिचार छैन, सिद्धान्त छैन, देश बिकास छैन । त्यसोभएको भए मान्छेले छेपारोले झै बर्षैपिच्छे रंग परिवर्तन गर्दैन । र, आफ्नो बिकृत बिगतबाट अलि अलि लज्जावोध गर्छ । तर उनमा यो कतै देखिदैंन । स्वम डा। सुरेन्द्र यादवले शुरुमा अन्तवार्तामा आफूलाई अपहरण गरिएको होइन भन्ने वयान दिए । त्यसका प्रमाण फूटेजहरु छन् । तर वावुराम त्यसलाई अपहरण प्रमाणित गर्न लागेका छन् । यहीबेला पूर्वप्रहरी अधिकृत रमेश खरेलले काशि तिवारी हत्या लुकाउन उनै बाबुरामले प्रधानमन्त्री निवासमै बोलाएर दिएको दवाव खुलाशा गरेका छन् । हत्यारालाई केही नगर्नु भन्ने दवाव दिने उनले अहिले हुँदै नभएको अपहरण प्रमाणित गर्न कन्दनी देखिको बल लगाउनु नैतिक छ रु सोधे भयो नी नागरिकलाई, कमसेकम बाहिर सचेत नागरिकले के भन्छन् भन्ने त ठान्नु नी ।
रेडियो नेपालले यही बेला बाबुरामलाई किन श्रोतका रुपमा चुन्यो, त्यो उसको कुरा भयो । तर उनले प्रधानमन्त्री ओलीका बारेमा जुन भाषा प्रयोग गरे, त्यो कमसेकम एउटा राजनीतिज्ञले अर्को राजनेता र प्रधानमन्त्रीका लागि प्रयोग गर्दैन । आफू नाँगो भइसकेपछि अर्कोलाई पनि त्यस्तै देख्नु र त्यस्तै होस भन्ने सर्वनाशी चरित्र उनले देखाएका हुन् । जवकि उनी प्रधानमन्त्री भएका बेला मनमोहन भट्टराईले बोलेको एउटा वाक्यांशका कारण रेडियोलाई स्पष्टीकरण सोधेका रहेछन् । अहिले रेडियोले किन बिज्ञप्ती जारी गर्यो रु किन त्यसो भन्यो रु त्यो पनि गजव छ । कोही मन्त्री बोलेको छैन, कसैले केही भनेको छैन । जवकि त्यसबेला मनमोहनले वाबुरामलाई भारतीय एजेन्ट भनेका रहेछन्, जुन प्रमाणित नै थियो ।
बाबुरामको राजनीति एक उदेश्य छ जसरी पनि नेपाल खण्डित गर्ने, एकिकृत रहन नदिने । उनले हिजो प्रधानमन्त्री भएका बेला पनि त्यसको भरमग्दुर प्रयास गरे, अहिले पनि गरिरहेका छन् । हिजो ११ प्रदेश, १३ प्रदेशदेखि आजको बहुराष्ट्रिय राज्यको एकमात्र उदेश्य हो नेपाल यसरी एकिकृत र अखण्ड रहनुहुँदैन भन्ने हो । त्यसैले उनको एकमात्र निशाना केपी ओलीलाई कमजोर बनाउने । किनकी ओली रहेसम्म नेपाललाई खण्डित गर्न सकिदैंन भन्ने उनलाई थाहा छ । ओली रहेसम्म साप्रदायिक, भौगोलिक दंगा भड्काउन सकिदैंन भन्ने उनलाई थाहा छ । ओली रहेसम्म भारत र चीनसँग सन्तुलित सम्वन्ध कायम रहन्छ, त्यसले नेपाललाई स्थिर र विकासतर्फ अघि बढाउँछ भन्ने बाबुरामलाई थाहा छ ।
२०६८ भदौ ११ मा वावुराम भट्टराई प्रधानमन्त्री बन्दा उनलाई मधेशवादी दलको समर्थन थियो । भारतीय संस्थापनले आफूहरुको योजना र सहयोगमा भट्टराई प्रधानमन्त्री भएको घोषणा नै गर्यो । गजव के छ भने अन्य भारतीय प्रधानमन्त्रीलाई राज्यमन्त्रीभन्दा माथिल्लो स्तरबाट भारतमा स्वागत गरिएकोमा भट्टराईलाई सहसचिव तहका कर्मचारीले विमानस्थलमा स्वागत गरिन । आफ्नो सेवकलाई सवैले यसरी नै व्यवहार गर्छन् । अहिले नेकपा अध्यक्ष प्रचण्ड नै हुन, जसले खुलेआम बाबुरामलाई प्रधानमन्त्री बनाउन भारतबाट दबाब आएको पार्टीका बैठकमा बताएका थिए । संदिग्ध प्राध्यापक एसडी मुनीले बाबुरामलाई प्रधानमन्त्री बनाएर भारतले बुद्धिमतापूर्ण काम गरेको भनेर त्यसबेला ट्वीट नै गरे । उनलाई प्रधानमन्त्री बनाउन भारतीय खुफिया एजेन्सी ‘रअ’ लागेको त्यतिबेला सार्वजनिक भएको थियो ।भट्टराई यस्ता प्रधानमन्त्री हुन, जसले वालुवाटारबाटै नेपालको सत्ता संचालनको चावी भारतमा रहेको सगौरव घोषणा गरेका थिए । गणतन्त्रपछिको सबैभन्दा विवादास्पद मन्त्रिपरिषद् उनकै थियो । उनलाई चीनले भ्रमणको निमन्त्रणासमेत दिएन । बाबुरामको देशप्रेम र राष्ट्रियताका बारेमा सम्भवत् नारायणकाजी श्रेष्ठ बढी जानकार छन् किनकी उनी त्यो मन्त्रिपरिषद्का उपप्रम तथा परराष्ट्रमन्त्री थिए ।
यसबीचमा बाबुराम किन बर्बराए रु किन उनी बिंसगतिको पोको बोकेर जुलुस गर्दैछन् रु यो जगजाहेर छ । राजनीतिमा यहाँभन्दा तल्लो र निज हर्कत केही हुँदैन । अव उनले गुमाउने केही छैन किनकी उनी जम्मा जम्मा एक्लैछन् । तिनै मधेशी दलभित्र पनि उनी कतिबेला गलहत्याइन्छन् उनी स्वमंलाई थाहा छैन । किनकी त्यहाँ राष्ट्रवादीहरु छन् । नेपाललाई खण्डित गर्नुहुँदैन भन्ने मत त्यहाँ बलियो छ । सरकारबिरुद्ध भएका केही षड्यन्त्रबाट हौसिएका बाबुराम यही समयमा चर्काउन र भाँड्न लागेका हुन । मधेशी दलका केही नेताले प्रधानमन्त्री ओलीबिरुद्धको बाबुरामको यो कदमको पार्टीभित्रै विरोध गरिसकेका छन् । कोही व्यक्तिबिरुद्धको राजनीति मधेशी दलको नभएको र मधेशको हकहितका सन्दर्भमा राजनीति केन्द्रित हुनुपर्ने दवाव महन्थ ठाकुरसमक्ष पुगेको छ ।
जव बाबुरामलाई चिनिसकेपछि के कोट्याउँदा के हुन्छ भनेजस्तो अव किन गर्नु र ?
चक्रपथबाट