जेष्ठ ४, २०८२ शनिबार

प्रचण्डलाई गाली गर्ने झापाका पाठक पक्राउ

बिर्तामोड । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको बताए ।

साइबर ब्युरो स्रोतले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनायो । अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानबिन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए ।

काउन्सिलले छानबिनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो ।

मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।

प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]