बेपत्ता भएका लोकबहादुर अझै भेटिएनन्
बिर्तामोड । शिवसताक्षी – ७ लालझोडाका ५० वर्षीय लोक बहादुर दर्जी ६ दिन देखि वेपत्ता भएका छन् । उनी गत शनिवारबाट बेपत्ता भएको छोरी अमृता दर्जीले जानकारी दिइन् ।

शनिवारबाट बेपत्ता भएका दर्जी अहिलेसम्म नभेटिएको परिवारको भनाई छ । ५ फिट उचाई भएका गहुँगोरो वर्ण, रातो ज्याकेट र ढाका टोपी लगाएका मिठे नामले पनि चिनिने लोकबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिइएको छ ।
स्थानीय सन्तोष बर्देवाका अनुसार सबै आफन्तकोमा खोजी सकिएको छ । कतै नभेटिएपछि बुधबार शिवसताक्षीको सबै गाउँमा समेत खोजी गरिएको थियो । घरबाट हिडेको केहिबेरमा साइली छोरीको घरमा पुगेका लोकबहादुरले कोदालोको बिँढ लिन गएको भन्दै बाहिरिएका थिए । उनलाई देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा ९८१५९१७८०४ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।