बिर्तामोडलाई ग्लोबल आइएमइद्वारा एक हजार केजी चामल सहयोग
बिर्तामोड । बिर्तामोड नगर पालिकाले स्थापना गरेको कोरोना संक्रमण राहत कोषका लागि राहत संकलन जारी रहेको छ । जस अन्तर्गत बिर्तामोडस्थित ग्लोबल आइएमइ बैंकले एक हजार केजी चामल प्रदान गरेको छ ।

सो चामल बैकका प्रबन्धक पबनकुमार पौड्यालले नगर प्रमुख ध्रुबकुमार शिवाकोटीलाई हस्तान्तरण गर्नुभयो । ४६ हजार मुल्य बराबरको चामल बिर्तामोडका गरिब तथा बिपन्न समुदायका लागि हस्तान्तरण गरिएको पौडेलले बताउनुभयो ।
बिर्तामोड नगरपालिकामा स्थापना भएको कोरोना संक्रमण राहत कोषमा हालसम्ममा १ करोड २४ लाख भन्दा बढी रकम तथा खाद्यान्न सामग्री जम्मा भइसकेको छ भने दोस्रो चरणको राहत बितरण भइरहेकोछ ।