बैशाख २७, २०८२ शनिबार

पानीको मूल्य १ बोतलको १६ रुपैयाँ तोकियो

बिर्तामोड । व्यापारीले अब १ बोतल पानी बेच्दा १६ रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ बोतल पानीको अधिकतम मूल्य १६ रुपैयाँ तोकेको छ । बोतलको पानीमा प्रतिकार्टुन १ सय ३० रुपैयाँ तोकिएको छ ।

ठाउँ र क्षेत्रअनुसार व्यापारीहरूले मनपरी मूल्य लिन थालेपछि समर्थन मूल्य तोकिएको विभागले जनाएको छ । त्यस्तै, प्रशोधित पानी प्रतिजारमा खुद्रा मूल्य अधिकतम ५० रुपैयाँ मूल्य तोकिएको छ । विभागले तोकेको समर्थन मूल्य १ भदौबाट लागू हुनेछ ।

विभागले उपत्यकासहित देशका विभिन्न क्षेत्रमा अनुगनका क्रममा १५ देखि ५० रुपैयाँसम्म मूल्य लिएको भेटाएपछि समर्थन मूल्य तोकेको हो ।

प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]