Banner news

सोवितालाई सुनिता बरालको जवाफ : संसद् अफवाह फैलाउने ठाउँ होइन

सोवितालाई सुनिता बरालको जवाफ : संसद् अफवाह फैलाउने ठाउँ होइन


काठमाडौं – नेकपा एमालेकी सचेतक सुनिता बरालले संसद् अफवाह फैलाउने र गलत कुरा प्रचार गर्ने ठाउँ नभएको बताउनु भएको छ।

प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका मानिसहरू नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले संसद् गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताउनु भएको हो।

एमाले सांसद् बरालले सांसद गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेकाले बोल्दा हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिनुभयो ।

‘यो संसद् अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने ठाउँ होइन। आफू बाहिरिने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ होइन,’ बरालले भन्नुभयो, ‘तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै सम्बन्धित हुँदैन। राष्ट्रको कार्यकारी प्रमुखको रूपमा गएको हुन्छ। तपाईँलाई भाषाको ज्ञान र परिभाषा सिकाउन पर्‍यो भने हामी तयार छौँ। तर हेक्का पुर्‍याएर बोल्नुस् ।’

सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको चुनौती दिनुभयो।

शेयर गर्नुहोस :

81
Shares