असार १२, २०८२ बिहीबार

भारतको महाराष्ट्रमा अपार्टमेन्ट भत्कियोः पुरिएका ७० जनाको खोजी जारी

महाराष्ट्र – भारतको महाराष्ट्रमा एउटा पाँचतल्ले अपार्टमेन्ट भत्किंदा ७० जना मानिस पुरिएको आशंका गरिएको छ । मुम्बईबाट झण्डै १ सय ७० किलोमिटरको दूरीमा रहेको महद भन्ने शहरमा घटना भएको हो । भत्किएको सो अपार्टमेन्टमा ४७ वटा फ्लाट रहेको प्रहरीले जनाएको छ ।

भवन भत्किएपछि १७ जनालाई उद्दार गरी अस्पताल पुर्‍याएको छ । उद्दार टोली भग्नावशेषमा पुरिएकाहरुको खोजी गरिरहेको छ । खोजी तथा उद्दार कार्यमा स्थानीयहरुले सहयोग गरिरहेका छन् ।

मनसुनको समयमा भारी वर्षा भएपछि भवन भत्किनु भारतमा सामान्य घटना हो । प्रतिवेदनहरुका अनुसार भवन १० वर्ष पुरानो रहेको बताइएको छ ।

यस वर्षको मनसुनमा मात्रै भारी वर्षापछि १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमध्ये ८ सय जनाको भारतमा मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]