जेष्ठ १, २०८२ बुधबार

झापाका चार पालिकामा प्रमुख प्रशासकीय अधिकृत हरेफेर

बिर्तामोड । झापाका चार वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । विर्तामोड,अर्जुनधारा, गौरादह र मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत हेरेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पत्र अनुसार बिर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल भएका छन् । उनी यसअघि झापा जिल्ला प्रशासनमा काम गर्थे ।
मन्त्रालयले दाहाललाई विर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको छ । विर्तामोडका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा भदौ १६ मा उमेर हदले सरकारी सेवाबाट बाहिरिएपछि प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा कार्यरत दाहाललाई सो जिम्मेवारीमा पठाइएको हो ।

गौरादहका खेम ओझा मोरङको रतुवामाई नगरपालिका सरुवा भएका छन् । उनी तत्कालिन जिल्ला विकास समिति झापाको स्थानीय विकास अधिकारी रहेर काम गरेका थिए ।
गौरादह नगरपालिकामा रतुवामाईबाट राजेन्द्र भट्टराई आउने भएका छन् । मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याङ अर्जुनधारा नगरपालिकामा जाने भएका छन् भने अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश १ मा जाने गरी निर्णय भएको छ । मेचीनगर नगरपालिकामा भने इलामबाट दीनानाथ लम्साल आउने भएका छन् ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]